Pages

Tuesday, April 21, 2015

मन म र मेरो दिमाग

थाहा छैन म के लेखौ . बास्तबमै थाहा छैन . मनले केहि कुरा लेख भनिरहेको  छ निरन्तर तर यो दिमाग केहि सोच्नै चाहदैन  . औलाहरु जबर्जस्ति लेख्न तयार त भए तर यो दिमाग आफ्नो अडानबाट हट्ने छेकछन्दै दिदैन. भन्छ " हेरौ मेरो साथ बिना त कसरि केहि गर्न सक्छस. बिचरा मन अनि मेहनत गर्न तत्पर भएका यी औलाहरु .

औलाहरु भन्दैछन " दिमागले साथ नदिई हामीले मात्र जबर्जस्ति गरेको कुरा कहिँ देखाउन लायक होला त ?" अनि फेरी मनले आशा जगौदै औलालाई सम्झाउदैछ " अरु कोइ नभएर के हुन्छ र मा छु नि साथ् दिने तिमीलाई सधै " अनि बास्तबमै फेरी सोच्न बाध्य भए म...

हो मेरो सबैभन्दा असल मित्र त येही मेरो मन हो . जब मलाई सबैले घात गर्छन अनि कसैले साथ् दिदैनन, तब म संग मेरो मन हुन्छ जसले मलाई सम्झाउछ अनि मलाई सबै भन्दा धेरै माया गर्छ .. जब म एक्लो हुन्छु ..जब यति लेखे तब मेरो मन भड्कियो अनि रिसाए जस्तो गर्यो . म अचम्म परे .. अनि मनले आसु झार्दै भन्यो " त साले किन एक्लो हुन्छु भन्छस हु म छैन तलै साथ् दिने ?" अब चाही मलाई अप्ठेरो पर्यो. अनि म केहि  बोल्न सकिन मात्र मौन भए मात्र मौन .. मेरो बोलीलाई त मेरो दिमागले नियन्त्रणमा लिसकेको रहेछ पहिले नै ..

अनि बिचारा म अनि मेरो लाचार मन , बिबस औलाहरु .. मात्र मुस्कुराई रहेको थियो त मेरो दिमाग, मेरो केहि काम नलाग्ने दिमाग