Pages

Friday, April 17, 2015

म राजनीतिमा आउदैछु

हो म पागल नै हो । सबैलाई सहयोग गरौ भन्छु , सबैको राम्रो होस् भन्छु अनि सबै खुसी हुन् भन्ने सोच्छु ।  तेसैले म पागल नै हु 

तर म अब पागल बन्न चाहन्न 

यदि मैले मेरो लागि मात्र सोचेको भए म  ठुलो मान्छे भैसक्थे  उहिले नै  अरुलाई झुक्याउने छल्ने गरेको भए म कुनै पार्टीको नेता भैसक्थे  अनि पार्टीको केन्द्रीय सदस्य पनि भैसक्थे होला तर बिचरा म कहिले कहिँ त आफ्नै पो माया लाग्छ !

अब चै राजनीती तिर लाग्नु परो भनेर यसो मान्छे ठग्न, छल्न, झुक्याउन खोज्यो तर मेरो खराब बानि आइनै हाल्छ राम्रो काम गर्दिनलाई । अनि के गर्नु मैले?  बेकारमा सानो हुदा नेपाल स्काउटमा बसिएछ  यो स्काउट पनि हो के  मलाई खराब बनाउने, राम्रो गर्न सिकाउने ! तेसैले त म अब मैले  स्काउट पनि छोडिसके राजनीतिमा प्रवेश गर्न कोहि हुनुहुन्छ मलाई राजनीति मा स्वागत गर्नलाई ? म आउदैछु !!!